विराटनगर / विराटनगरस्थित बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । विराटनगरस्थित श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले पनि सडक सौन्दर्यकरणका लागि पहिलो चरणमा ५० हजार रुपैयाँ हस्तान्तरण गरेको छ । महानगरको सौन्दर्यकरणका लागि ख वर्गका वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत १ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता
विराटनगर / मोरङ — गृहमन्त्री रमेश लेखकले राजतन्त्र पुनःस्थापनाको माग गरिरहेका पक्षलाई लक्षित गर्दै प्रश्न गरेका छन्, “राजा गल्ती गरे कारबाही गरेर जेल हाल्न पाइन्छ?” मंगलबार मोरङ कारागारमा नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले लोकतन्त्र र राजतन्त्रको अन्तरबारे स्पष्ट दृष्टिकोण राखे। उनले भने, “लोकतन्त्रमा जो–सुकैलाई प्रश्न गर्न पाइन्छ, गल्ती गरे कारबाही गरेर जेल हाल्न पाइन्छ।
विराटनगर/ नेपाल सरकारले विराटनगर भन्सार कार्यालय परिसरमा निर्माण गरिएको प्रादेशिक आपतकालीन गोदाम घर कोशी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ। मंगलबार आयोजित एक विशेष समारोहमा गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई गोदाम घरको औपचारिक हस्तान्तरण गरेका हुन्। गृह मन्त्रालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा मन्त्री लेखकले आपतकालीन अवस्थामा केन्द्र सरकारमाथि निर्भरता घटाउन गोदाम घर प्रदेश
विराटनगर/ शुक्रवारदेखि देशव्यापी प्रदर्शनमा आएको नेपाली सिनेमा ‘ऊनको स्वीटर’ ले दर्शकको उल्लेखनीय साथ पाइरहेको छ। रिलिजको तेस्रो दिन आइतबारसम्म देशभर दैनिक ३ सयभन्दा बढी शो प्रदर्शन भइरहेको छ भने माग दिनप्रतिदिन बढ्दो क्रममा छ। वितरक गोविन्द शाहीका अनुसार आइतबार देखिएको उत्साहजनक व्यापार र सोमबार बुद्ध जयन्तीको सार्वजनिक बिदालाई ध्यानमा राख्दै सिनेमाको शो संख्या थप गरिएको
विराटनगर / झापा, मोरङ, सुनसरी र भोजपुरका विभिन्न स्थानहरूबाट वैशाख २८ गते लागूऔषध ब्राउन सुगर सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। झापाको बुद्धशान्ति गाउँपालिका–३, बुधबारे बजारस्थित इलाका प्रहरी कार्यालय बुधबारेको टोलीले ३३ वर्षीय उत्तम कार्कीलाई ३ ग्राम १५० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ। त्यसैगरी, अस्थायी प्रहरी पोष्ट बसपार्क झापाले बुटवल नगरपालिका–३, रुपन्देहीकी २५
विराटनगर / पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ स्थित नावाखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको ज्यान गएको छ। मिक्लाजुङ गाउँपालिका–७ निवासी २० वर्षीय ईसारा थिगिम वैशाख २७ गते नावाखोलामा जनेरेटरको सहायताले करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रविले जानकारी दिएको छ। घटनाको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा
विराटनगर । विराटनगर – कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । मिल्स भेट्रान्स क्लब रानी विराटनगरको आयोजनामा विराटनगर जुट मिल खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । उद्घाटन दिनका खेलहरूमा हाम्रो भेट्रान्स क्लब धरान र कन्काई भेट्रान्स क्लब झापा विजयी भएका छन् । पहिलो खेलमा धरानले युनाइटेड भेट्रान्स क्लबलाई
विराटनगर /झापा र खोटाङ जिल्लामा पारिवारिक विवादले हिंसात्मक मोड लिँदा दुई जनाको ज्यान गएको छ भने घटनामा संलग्न दुई जना प्रहरीको नियन्त्रणमा आएका छन्। झापाको कनकाई नगरपालिका–२, सुकेडागीका ३५ वर्षीय कविराज हेमरनले आफ्नी श्रीमती ३४ वर्षीया पूजा हेमरनको खुकुरी प्रहार गरी हत्या गरेका छन्। वैशाख २७ गते राति करिब साढे ८ बजे आपसी वादविवादको क्रममा
रबिन्द्र बराल विराटनगर/मोरङ जिल्लाको दक्षिणी क्षेत्रका रंगेली, सुनवर्षि, रतुवामाई, धनपालथान लगायतका क्षेत्रमा कृषकहरू अहिले मकै भित्र्याउन व्यस्त छन्। अन्य बालीको तुलनामा मकै खेतीले राम्रो आम्दानी दिन थालेपछि किसानहरू मकैतर्फ आकर्षित हुन थालेका हुन्। बलौटे माटोमा समेत उत्पादन हुन थालेपछि अघिसम्म बाँझो देखिने खेतहरू अहिले हरियाली र भरिभराउ देखिन थालेका छन्। फागुन महिनामा रोपिएको मकै जेठ
विराटनगर। मोरङ र झापामा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मोरङको ग्रामथान गाउँपालिका– २ बतराहीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। शनिबार बेलुका ईंटा बोकेर गुडिरहेको को १ त ७४२५ नम्बरको ट्रयाक्टर अनियन्त्रित भइ सडकछेउ खेतमा पल्टँदा दुर्घटना हुँदा चालक कटहरी गाउँपालिका– ५ बस्ने २० वर्षीय राहुल सरदार