Category: समाचार

मन्त्रिपरिषद बैठकले गरेका २४ वटा महत्वपूर्ण निर्णयहरु

काठमाडौं। साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक भएका छन्। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले साउन २६ गतेको मन्त्रिपरिषद बैठकले गरेका २४ वटा महत्वपूर्ण निर्णयहरु आइतबार सार्वजनिक गरेका हुन्। बैठकले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि हुने अमेरिकी डलर १०० मिलियन (करिब १२ अर्ब ७० करोड) सहुलियतपूर्ण

देशका केही स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना

बिराटनगर। आइतबार देशका केही स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। विभागका अनुसार देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन, ट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती तथा प्रदेश नं १ का एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । हाल मनसुनको न्यूनचापीय रेखा

त्रिशुली नदिमा ट्रक खसे

चितवन। पृथ्वी राजमार्ग अन्तरगत मुग्लिन कुरिनटार खण्डको त्रिशुली नदिमा ट्रक खसेको छ। इच्छाकामना गाउँपालिका -५ नाग्दि खोलामा शनिबार बिहान सवा ९ बजे ट्रक खसेको हो। मुग्लिनबाट धादिङतर्फ गइरहेको ट्रकको नम्बर पत्ता लागेको छैन। ट्रक दुर्घटना भएको स्थलमा इँटा खसेकाले इट्टा ढुवानी गरेको प्रहरीको अनुमान छ। नदिमा खसेको ट्रकका चालकसहित कसैको सम्पर्क नभएको जिल्ला प्रहरी कार्यालय

दुई वटा हात्तीले गाउँका ७ घर भत्काए

सिरहा। गएराती जंगलबाट भागेर आएका दुई वटा हात्तीले लहान नगरपालिका १५ सिसवनी र मोहनपुर गाउँका ७ घर भत्काएका छन्। माटोले लेपेको र फुसको छानो भएका घरहरु भत्काएका हुन्। स्थानीय लक्ष्मी सदाय, शिवकुमारी सदाय, राम सदाय, श्याम कुमार सदाय, दिपेन सदाय, सरोज सदाय र कपले यादवका घर भत्काएका वडाअध्यक्ष तेजनारायण चौधरीले जानकारी गराए । उनका अनुसार

नारायणी नदीले बगाएर २५ वर्षको भाले गैंडाको मृत्यु

चितवन । नारायणी नदीले बगाएर २५ वर्षको भाले गैंडाको मृत्यु भएको छ । गत साउन १२ गते बाढीले बगाएर ल्याएको गैंडा मृत अवस्थामा गण्डक ब्यारेजमा भेटिएको निकुञ्ज स्रोतले जनाएको छ । भारततर्फ पर्ने गण्डक ब्यारेजको ढोका नजिक मृत फेला परेको गैंडालाई चितवन राष्ट्रिय निकुञ्ज तथा भारतको बाल्मिकी टाइगर रिर्जभको प्राविधिक टोलीले पोष्टमार्टम गरी भारतमा नै

तत्काल निर्वाचनसम्बन्धी ऐन ल्याउन माग : सांसद देव गुरुङ

काठमाडौं। सांसद देव गुरुङले तत्काल निर्वाचनसम्बन्धी ऐन ल्याउन माग गरेका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक गुरुङले निर्वाचनसम्बन्धी कार्यतालिकाका लागि तत्काल ऐन ल्याउनुपर्ने माग गरे। सरकारले मंसिर ४ गते संघ र प्रदेशसभा सदस्य निर्वाचनको घोषणा गरेको छ।प्रतिनिधि सभाको कार्यकाल पाँच वर्षको हुनेछ भनेर संविधानको धारा ८५ (१) ले भनिको छ। सर्वोच्च

सामान्य अंकले बढेको नेप्से पछिल्ला कारोबार दिन निरन्तर घट्दै

काठमाडौं सेयर बजार निरन्तर ओरालो लागेको छ। कारोबारको पहिलो दिन आइतबार सामान्य अंकले बढेको नेप्से पछिल्ला कारोबार दिन सोमबार, मंगलबार र बुधबार भने निरन्तर घट्दै गएको हो। यसदिन नेप्से ५.९१ अंकले घटेर २०५५.८८ विन्दुमा अडिएको छ। नेप्से घटेसँगै कारोबार रकम पनि मंगलबार तुलनामा घटेको छ। आज १ अर्ब ९३ करोड बराबरको सेयर कारोबार भयो। अघिल्लो

सुकुना माध्यमिक विद्यालयको भवनबाट खसेर एक छात्रा गम्भीर घाइते

विराटनगर। मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयको भवनबाट खसेर एक छात्रा गम्भीर घाइते भएकी छन्। प्रहरीका अनुसार विद्यालयको तीन तलामाथिबाट खसेर बुधबार बिहान कक्षा १० मा अध्ययनरत १६ वर्षीया युनिका चौधरी घाइते भएकी हुन्। उनको घर सप्तरीको बोदेवरसाइन गाउँपालिका–३ हो। सुन्दरहरैँचा–१२ का भोला खतिवडाको घरमा डेरा बसेर उनी सो विद्यालयमा अध्ययन गर्थिन्। प्रहरीले बिहान

ज्वालामाई आधारभुत विद्यालयका विद्यार्थीहरुमा भाइरल प्रकोप देखिएपछि विद्यालय नै बन्द

सोलुखुम्बु। सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानी स्थित ज्वालामाई आधारभुत विद्यालयका विद्यार्थीहरुमा भाइरल प्रकोप देखिएपछि विद्यालय नै बन्द गरिएको छ। केही दिनदेखि विद्यार्थीहरुमा ज्वरो र रुघाखोकीको प्रकोप अत्याधिक रुपमा फैलिएपछि आज(बुधबार)बाट दुई दिनका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक कृष्णबहादुर मगरले जानकारी दिए। उनका अनुसार विद्यालयका करिब ६० प्रतिशतभन्दा बढी विद्यार्थीमा ज्वरो, रुघाखोकी र वान्ताको प्रकोप देखिएको

बालाजु बाइसधारामा आगलागी

काठमाडौं। बालाजु बाइसधारामा आगलागी भएको छ। बालाजु बाइसधारामा रहेको जुत्ता कारखानामा आगलागाी भएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले अन्नपूर्णलाई जानकारी दिएका छन्। प्रवक्ता मैनालीका अनुसार अहिले प्रहरी,दमकल र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ। प्रहरीका अनुसार आगलागाीको कारण खुलेको छैन। क्षतिको विवरण आउन बाँकी छ।