Category: समाचार

सुनसरी–३ का जेनजी, भगबती चौधरी जिताउ अभियानमा 

बिराटनगर । सुनसरी क्षेत्र नम्बर ३ का जेनजी युवाको सूर्य चिन्हमा आकर्षण बढेको छ । नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीको काम देखेर भरोषायोग्य उम्मेदवार भगवती दिदी नै हो भन्दै भगवती जिताउ अभियानमा सरिग हुन थालेका छन । सुनसरी बर्जु १ की जेनजी सिता कुमारी मेहताका परिवारका सबै सदस्य काँग्रेसमा छन तर उहाँ एमाले प्रबेश गर्नुभयो

सिडेन मोरङको अध्यक्षमा शुभाषिश लाला कोइराला निर्विरोध चयन

विराटनगर । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स मोरङ (सिडेन)को अध्यक्षमा शुभाषिश लाला कोइराला निर्विरोध चयन भएका छन्। शनिबार विराटनगरमा सम्पन्न सिडेन मोरङको पहिलो अधिवेशनले कोइरालालाई अध्यक्षमा चयन गरेको हो। सिडेन कोशी प्रदेश अध्यक्ष भरत न्यौपानेले अधिवेशनबाट कोइरालाको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन भएको जानकारी दिए। नवगठित कार्यसमितिको उपसभापतिमा श्याम नारायण यादव, सचिवमा मदन सिंह र कोषाध्यक्षमा

लैंगिक हिंसा रोक्न सचेनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड  

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरलाई लैंगिक हिंसामुक्त महानगर बनाउन सरोकारवाला सबै संघसंस्थाको सहकार्य र प्रतिबद्धता आवश्यक रहेको बताएका छन् । लैंगिक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य परियोजना दोस्रो चरण स्थानीय परियोजना सल्लाहकार समितिको बैठकलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मेयर कोइरालाले लैंगिक हिंसा रोकथामका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा समेत जोड

योगेन्द्र मण्डल मातहतको जीवन विकास खानेपानीमा फेरि किरा भेटियो

बारम्बार लापरवाहीको आरोप: बिराटनगर — योगेन्द्र मण्डल मातहत सञ्चालनमा रहेको जीवन विकास खानेपानीको सिलबन्दी बोतलमा किरा र ढुंगा भेटिएको छ। सिल प्याक गरिएको बोतलमै किरा भेटिनुले जनस्वास्थ्यप्रति गम्भीर खेलवाड भएको भन्दै स्थानीय स्तरमा चासो र आक्रोश बढेको छ। उक्त खानेपानी उर्जा‌शील पार्टीका अध्यक्ष तथा जीवन विकास संस्थाका अध्यक्षसमेत रहेका प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलको मातहतमा रहेको

वीरेन्द्र सभागृहमा कोशी प्रदेशसभा सञ्चालनका लागि महानगर–प्रदेशसभा सचिवालयबीच सम्झौता

विराटनगर । कोशी प्रदेशसभाको सञ्चालन प्रयोजनका लागि विराटनगर महानगरपालिका र कोशी प्रदेशसभा सचिवालयबीच करार सम्झौता भएको छ । विराटनगरस्थित वीरेन्द्र सभागृह प्रयोग गर्ने विषयमा आइतबार महानगरपालिकामा आयोजित विशेष समारोहबीच दुवै पक्षले सम्झौतामा हस्ताक्षर गरेका हुन् । महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलाल र प्रदेशसभा

चेतना संरक्षण प्रतिष्ठानद्वारा विभिन्न्न पुरस्कार घोषणा, यही माघ २४ गते वितरण गरिने

विराटनगर । नेपाली भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा सक्रिय चेतना संरक्षण प्रतिष्ठान नेपालले विभिन्न पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीको अध्यक्षतामा बसेको बैठकले साहित्य, कला, समाजसेवा, पत्रकारिता, युवा प्रतिभा तथा बालप्रतिभालगायत विभिन्न्न क्षेत्रका ९ वटा पुरस्कार घोषणा गरेको हो । घोषित पुरस्कारअनुसार अन्जु कार्कीद्वारा स्थापित दुई लाख रुपैयाँ राशिसहितको जगतबन्धु–अन्जु कार्की

चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

बिराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारमा सहभागी भएका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ। ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले आइतबार उनको निधन भएको पुष्टि गरेको हो। अस्पतालका अनुसार सिटौलाको आइतबार दिउँसो १२ः४५ बजे मृत्यु भएको हो। बालेनसँगै चुनावी प्रचारका क्रममा माघ १६ गते अछाम पुगेका सिटौला त्यहीँ अचानक बेहोस

विराटनगर जुनियर जेसीजमा नयाँ नेतृत्व चयन, पदस्थापना तथा पुरस्कार वितरण सम्पन्न

विराटनगर । विराटनगर जुनियर जेसिजको निर्वाचन तथा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । जेसीज भवन, विराटनगरमा शनिबार सम्पन्न निर्वाचनबाट संस्थाको नयाँ नेतृत्व चयन गरिएको हो । निर्वाचन परिणामअनुसार जुनियर जेसी ओम जोगी अध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्ष पदमा जुनियर जेसी निशान्त भट्टराई, सुहानी श्रेष्ठ, आदर्श आचार्य र रुकुल अमात्य चयन भएका छन् । यस्तै,

प्रथम कोशी एलाइट कप क्रिकेट प्रतियोगिताको उपाधि मोरङलाई

विराटनगर । कोशी प्रादेशिक क्रिेकट संघ र नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरको मेरिलेवन ज्वाला क्रिकेट मैदानमा भएको प्रथम कोशी एलाइट कप क्रिेकट प्रतियोगिताको उपाधि मोरङले जितेको छ । शनिबार भएको फाइनल खेलमा झापालाई २७ रनले पराजित गर्दै मोरङले उपाधि जितेको हो । टस हारेर ब्याटिङ गरेको मोरङले निर्धारित ४३ ओभरको खेलमा ४२ दशमलव ४ बलमा

मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चारजना पुरस्कृत

विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश समितिले चारजना स्रष्टालाई पुरस्कृत गरेको छ । मुक्तक दिवसको अवसर पारेर शनिबार विराटनगरमा आयोजित कार्यक्रममा प्रतिष्ठानले वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईसहित चारजनालाई नगदसहित पुरस्कृत गरेको हो । प्रतिष्ठानले १५ हजार नगद राशिको ‘नरनाथ–नन्दकुमारी पोखरेल स्मृति पुरस्कार साहित्यकार भट्टराईलाई समर्पण गरेको छ । सीताराम पोखरेलसहित परिवारले स्थापना गरेको सो