विराट आदर्श साहित्य मञ्चको अध्यक्षमा पुनः कटवाल दीपक चयन

विराटनगर । विराट आदर्श साहित्य मञ्चको अध्यक्षमा पुनः कटवाल दीपक चयन भएका छन् । आइतबार विराटनगरमा भएको सातौँ राष्ट्रिय महाधिवेशनबाट कटवाल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

यसैगरी उपाध्यक्षमा माधव काफ्ले र सुस्मिता रेग्मी, सचिवमा जिवन निरौला, सह–सचिवमा आभाष कोइराला, विनीता खत्री, कोषाध्यक्षमा नगेन्द्र खड्का, सह–कोषाध्यक्षमा रामचन्द्र मेहता चयन भएका छन् ।

यस्तै मिडिया संयोजकमा मोहन ढकाल चयन भएका छन् । सदस्यहरूमा आशिका कटवाल, अजय मण्डल, स्वस्तीका मल्ल, एलिसा गुरुङ, अर्चना थापा, आकृती फुयल र एलिजा ठाकुर चयन भए ।

यसैगरी सविता बाँस्तोला, सुवास शाह, हिमाल पोख्रेल, श्रीजेस कट्टेल, लकेश दंगाल, सन्दिप बराल, सन्तोष मेहता, नमुना आचार्य, आमोस राई र एलिसा गुरुङ पनि सदस्यमा चयन भएका छन् ।

मञ्चको सल्लाहकारमा भेषराज पोख्रेल, प्रम सुवाल, इन्द्र राई, रोहितजंग थपलिया र अर्जुन बस्नेत चयन भएका छन् । उनीहरूलाई प्राज्ञ विवस पोख्रेल, प्राज्ञ गंगा सुवेदी, मंचका संरक्षक मीनकुमार नवोदित लगायतले निर्वाचित भएको परिचय पत्र प्रदान गरेका थिए । कार्यक्रमका वक्ताहरूले मञ्चले गर्दै आएका गतिविधिको प्रशंसा गर्दै आगामी दिनमा थप काम गर्न सुझाव दिएका थिए ।

Add a Comment