प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीबीच आज बालुवाटारमा छलफल

विराटनगर । प्रधानमन्त्री सुशीला कार्कीले आज (कात्तिक १६) अपराह्न ४ बजे सातै प्रदेशका मुख्यमन्त्रीसँग बैठक आह्वान गरेकी छिन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक प्रधानमन्त्री निवास बालुवाटारमा हुनेछ।

बैठकमा क्रमशः कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेसका जितेन्द्रप्रसाद सोनार, बागमतीका इन्द्रबहादुर बानियाँ, गण्डकीका सुरेन्द्रराज पाण्डे, लुम्बिनीका चेतनारायण आचार्य, कर्णालीका यामलाल कँडेल र सुदूरपश्चिमका कमलबहादुर शाह सहभागी हुनेछन्।

संघीय शासन प्रणालीलाई प्रभावकारी बनाउन र संघ–प्रदेश सरकारबीच सहकार्य तथा समन्वयलाई अझ सुदृढ गर्ने उद्देश्यले प्रधानमन्त्री कार्कीले यो बैठक आह्वान गरेकी हुन्।

बैठकमा प्रदेश सरकारहरूको विकास योजना, बजेट कार्यान्वयन, संघीय–प्रदेश सम्बन्धमा देखिएका व्यवहारिक समस्या तथा आगामी नीति–कार्यक्रमबारे समेत छलफल हुने बताइएको छ।