मेयर बालेन साहद्वारा राजिनामा

बिराटनगर । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन्। उनले केहीबेरअघि राजीनामा दिएको कुरा उनको सचिवालयले जनाएको छ।

काठमाडौं महानगरपालिकाका एक अधिकारीका अनुसार मेयर शाहले आफ्नो राजीनामा सचिवालयमार्फत उपमेयरलाई बुझाएका हुन्।

राजीनामा पत्रमा उनले नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौं महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम स्वेच्छाले पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्।

“नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौं महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम म काठमाडौं महानगरपालिकाको नगर प्रमुख पदबाट मिति २०८२ माघ ४ गतेदेखि लागू हुनेगरी स्वेच्छाले राजीनामा पेश गरेको छु,” राजीनामा पत्रमा उल्लेख छ।
मेयर शाहको राजीनामासँगै काठमाडौं महानगरपालिकाको नेतृत्व सम्बन्धी आगामी प्रक्रिया र राजनीतिक प्रभावबारे चासो बढेको छ।

Add a Comment