नेपाली बजारमा सुन-चाँदीको मूल्य उकालो लागे

बिराटनगर। नेपाली बजारमा सुन-चाँदीको मूल्य उकालो लागेको छ।

आज सुनको प्रतितोलामा ७ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। प्रतितोला सुन ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार सुन प्रतितोला ९६ हजार १ रुपैयाँ तोकिएको थियो।

यस्तै, आज तेजावी सुनको मूल्य ९६ हजार ३०० कायम भएको छ। सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको छ। आज १० रुपैयाँले बढेर प्रतितोला चाँदी १२२० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

अघिल्लो कारोबार दिन बिहीबार चाँदी प्रतितोला १२१० रुपैयाँमा कारोबार भएको थियो।