सेयर बजार फेरि ओरालोतिर

काठमाडौं। सेयर बजार फेरि ओरालोतिर लागेको छ। आज नेप्से परिसूचक ९.८३ अंकले घटेर १८३८.९६ विन्दुमा बन्द भएको छ।

अघिल्लो कारोबार दिन बुधबार नेप्से ११ अंकले उकालो लागेको थियो। यसदिन २५ लाख ४२ हजार ८९९ कित्ता सेयर ६५ करोड ५७ लाख ५ हजार १६९ रुपैयाँमा कारोबार भयो। बुधबार ७२ करोड बराबरको सेयर खरिदबिक्री भएको थियो। कारोबार आएका १३ वटै समूहको सूचक नकारात्मक देखिएका छन्।

यसदिन कारोबारका आधारमा नबिल बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको २ करोड ५८ लाख बराबरको सेयर खरिदबिक्री भयो। सामलिङ पावरको सेयरमूल्य ९.९८ प्रतिशतले बढ्दा विन्दावासिनी हाइड्रोपावरको ५.२६ प्रतिशतले ओरालो लाग्यो।