March 9, 2025
चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
विराटनगर / पूर्वी चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खैरहनी नगरपालिका घर भई हाल रत्ननगर नगरपालिका–७ बसोबास गर्दै आएका ३५ वर्षीय सुरेश महतो रहेका छन्।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगर का अनुसार, शनिबार रत्ननगर–७, लौखानीस्थित चितवन एडभेन्चर होटल पछाडि महतोलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो। गोविन्दे नामक हात्तीको आक्रमणबाट महतोको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए।
निकुञ्जका अनुसार, चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ। जङ्गली जनावरको आक्रमणबाट बढ्दो मानवीय क्षतिले वन्यजन्तु र मानवबीचको द्वन्द्व गम्भीर बन्दै गएको देखिन्छ।