नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदी स्थिर

विराटनगर। नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ।

महासंघका अनुसार, सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको छ। आइतबार भने यो मूल्य १ लाख ७४ हजार १०० रुपैयाँ रहेको थियो।

यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि उही रहेको महासंघले जनाएको छ।