काठेखोला-६ ताराखसेमा पहिरो, मध्यपहाडी लोकमार्ग अवरुद्ध
विराटनगर। काठेखोला गाउँपालिका–६, ताराखसेमा गएको पहिरोका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। राष्ट्रिय गौरवको आयोजनामा पर्नेसो सडकखण्डमा पहिरो जाँदा गए रातिदेखि लामो तथा छोटो दूरीका सवारीसाधनहरू सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
प्रहरी निरीक्षक केशव थापाका अनुसार लेदोसहितको पहिरोले सडक थुनिएको हो। पहिरोका कारण पश्चिम बागलुङसहित रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, गुल्मी लगायत क्षेत्रबाट पोखरा, काठमाडौं लगायतका गन्तव्यतर्फ जाने सवारीसाधनहरू बीचमै रोकिएका छन्।
प्रहरी निरीक्षक थापाले भने, “सडक खुलाउने प्रयास भइरहेको छ। राति पहिराले सडक अवरुद्ध भएपछि फोन आएको थियो। तुरुन्तै प्रहरी टोली परिचालन गरियो, तर तत्काल खुलाउन सकिएन। अहिले लोकमार्ग कार्यालयसँग समन्वय गरी पहिरो हटाउने काम भइरहेको छ। सडक सुचारु हुन अझै केही समय लाग्ने देखिन्छ।”
अहिले घटनास्थलमा प्रहरी टोली खटिएको छ भने स्थानीय तथा सडक विभागका प्राविधिकहरूसँगको समन्वयमा पहिरो हटाउने प्रयास जारी छ।