विराटनगर ६ सिमरन पुल हाउसमा पुल प्रतियोगिता
विराटनगर/ विराटनगर ६ स्थित झरनाचोकमा रहेको सिम्रन पुल हाउसमा पुल प्रतियोगिता आयोजना भइरहेको छ। अर्किड कलेजको सहयोगमा पुल प्रतियोगिता आयोजना भएको हो। प्रतियोगितामा ३० खेलाडी सहभागी रहेका छन् जसमा बेस्ट अफ थ्री छनोट गरी नकआउटमा खेलाइनेछ। विजेतालाई नगद राशि प्रदान गरिनेछ प्रथम पुरस्कार ७००० द्वितीय पुरस्कार ५००० तृतीय पुरस्कार २००० रहेको छ। वर्तमान समयमा पुल युवाहरूको माझमा लोकप्रिय खेल बन्दै गएको छ। अर्किड कलेजका निर्देशक उमेश कार्की भन्छन्” हामीले शिक्षासँगै युवा वर्गको इच्छा र खेलप्रतिको चाहना प्रोत्साहन गर्दै मानसिक मजबुतीका लागि पनि यसप्रकारको खेलले युवाहरूलाई प्रेरित गर्ने भान भएर निस्वार्थ भावले कलेजले प्रायोजकको भूमिका निर्वाह गरेको छ
यस प्रकारको कुल प्रतियोगिता कमै मात्रामा आयोजना हुने हुनाले युवाहरूलाई समय बिताउन साथै मनोरञ्जनका उद्देश्यले, शिक्षण क्षेत्रमा ख्याति प्राप्त अर्किड कलेजको सहयोगमा प्रतियोगिता आयोजना भएको सिम्रन पुल हाउसका सञ्चालक अनिल कामतले बताएका छन्।