मन्टेश्वरी किन्डर वर्ल्ड भद्रपुरको १३ औं वार्षिक दिवस तथा दिक्षान्त समारोह सम्पन्न
विराटनगर / मन्टेश्वरी किन्डर वर्ल्ड भद्रपुर झापाले आफ्नो १३ औं वार्षिक उत्सव तथा दीक्षान्त समारोह एक कार्यक्रमका बीच सम्पन्न गरेको छ।
भद्रपुर ८ मा अवस्थित यस विद्यालयले भव्यताका साथ १३ औं वार्षिक दिवस सम्पन्न गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा संस्थापक एवंम कार्यकारी निर्देशक अनुप रायको अध्यक्षता एवम भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा विद्यालयका १८ जना विद्यार्थीहरुलाई दीक्षान्त गरिएको थियो ।
कार्यक्रममा झापा प्यापसनका अध्यक्ष छत्रबहादुर कार्की, वरिष्ठ उपाध्यक्ष हरीकृष्ण पाठक , सचिव लक्ष्मी ,भद्रपुर प्यावसनका अध्यक्ष भक्त बहादुर कार्की ,सदस्य विकेन्द्र श्रेष्ठ , नेपाल स्काउटका केन्द्रिय सदस्य एवं राष्ट्रिय शुशासन श्रोत विकास तथा वित्त आयुक्त अरुण वस्नेत , भद्रपुर स्काउटका अध्यक्ष विवेक चम्लागाई , भद्रपुर जेसिजका अध्यक्ष शैलेश श्रेष्ठ , विधाल व्यवस्थपन समिति सदस्य शिक्षाविद् कृष्ण कुमार मैनाली, मुनाल एकेडेमीका प्र.अ. मंगल थापा मेरी गोल्ड इ.स्कुलका शिक्षक युवराज जी ,पत्रकार ईशा प्रधान, सन्तोष माझी लगायतको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सो विद्यालयका विद्यार्थीहरुले गायन, नृत्य लगायतका विविध प्रस्तुति दिएका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य विद्यालयकी प्रधानाध्यापक रितु रोयले गरेकी थिइन्।