May 1, 2025
ओडिसास्थित केआईआईटीमा अर्की नेपाली छात्रा मृत फेला
बिराटनगर / भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत अर्की नेपाली छात्रा मृत फेला परेकी छन्।
मृत्यु हुनेमा पर्सा जिल्ला, वीरगन्जकी प्रिसा साह रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। प्रहरीलाई उद्धृत गर्दै आएका खबरअनुसार उनी आफ्नै छात्रावासको कोठामा मृत अवस्थामा फेला परेकी हुन्। घटनाको कारणबारे विस्तृत विवरण आइनसकेको भए पनि अनुसन्धान भइरहेको बताइएको छ।