लागुऔषध खैरो हिरोइन सहित तीन जना पक्राउ

विराटनगर / मोरङ र सुनसरीका दुई फरक स्थानबाट प्रहरीले लागुऔषध खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ। वैशाख १९ गते गरिएको कारबाहीमा भारतबाट नेपालतर्फ लागुऔषध लिएर आउँदै गरेका व्यक्तिहरू समातिएका हुन्।

लागुऔषध नियन्त्रण ब्यूरो, विराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको सुन्दरहरैचा नगरपालिका–८ निवासी २९ वर्षीय विकेश भट्टराईलाई विराटनगर महानगरपालिका–१५ बाट १ ग्राम ६४ मिलिग्राम खैरो हिरोइनसहित नियन्त्रणमा लिएको हो।

त्यस्तै, सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीले सप्तरीको कन्चनरुप नगरपालिका–८ निवासी २७ वर्षीय सर्वन राम र कन्चनरुप–९ निवासी १९ वर्षीय प्रदीप कुमार यादवलाई ८०० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरेको छ।

पक्राउ परेका सबै व्यक्तिहरूलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले लागुऔषध कारोबारमा संलग्नहरूमाथि कडाइका साथ निगरानी तथा कारबाही अगाडि बढाइरहेको बताएको छ।