शाहरूख खानको मेट गाला डेब्यू, रेड कार्पेटमा हिँड्ने पहिलो भारतीय अभिनेता बनेर रचिदिए इतिहास

बिराटनगर / बलिउड अभिनेता शाहरूख खानले फेसनको प्रतिष्ठित मञ्च मेट गाला २०२५ मा डेब्यू गरेर इतिहास रचेका छन्। न्यूयोर्कस्थित मेट्रोपोलिटन म्यूजियम अफ आर्टमा आयोजित यस भव्य फेसन नाइटमा रेड कार्पेटमा हिँड्ने उनी पहिलो भारतीय अभिनेता बनेका छन्।

यसअघि कुनै पनि भारतीय पुरुष कलाकार मेट गालामा सहभागी भएका थिएनन्। शाहरूखको यो सहभागिता भारतीय फेसन र फिल्म क्षेत्रका लागि गौरवको विषय बनेको छ।

मेट गालाको यस वर्षको थिम ‘Superfine: Tailoring Back Style’ रहेको थियो। कार्यक्रममा ग्ल्यामरस लुक्ससहित देखिएका शाहरूखको उपस्थितिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान तानेको छ।

उनका साथै बलिउड अभिनेत्री कियारा आडवाणीले पनि यस वर्षको मेट गालामा भाग लिएकी छन्। उनले समेत रेड कार्पेटमा आफ्नो स्टाइल र आत्मविश्वासले चर्चा बटुलेकी छिन्।

शाहरूख खानको यो ऐतिहासिक डेब्यूले भारतीय कलाकारहरूको अन्तर्राष्ट्रिय उपस्थिति झनै बलियो बनाएको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *