October 8, 2025
सुनको मूल्य तोलामा २६ सयले बढ्यो, चाँदी घट्यो
बिराटनगर । बुधबार (आज) सुनको मूल्य तोलामा २६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य दुई लाख ३८ हजार रुपैयाँ तोकिएको छ।
मंगलबार (हिजो) प्रतितोला दुई लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भएकोमा आज २६ सय रुपैयाँले बढ्दै नयाँ दर कायम भएको हो।
यस्तै, चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेर दुई हजार ९५५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।