नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड बाथरुममा लडेर घाइते, टाउकोमा टाँका लगाइयो

काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाथरुममा लडेर घाइते भएका छन्। स्रोतका अनुसार गएराति आफ्नो निवासस्थित बाथरुममा लडेका उनले टाउकोमा चोट पुगेको छ।

घटनापछि तत्कालै उनलाई ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो। अस्पतालमा आवश्यक प्राथमिक उपचारपछि उनी निवास फर्किएका छन्। चिकित्सकको सल्लाहअनुसार टाउकोमा टाँका लगाइएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार अन्य स्वास्थ्य अवस्था सामान्य रहेको छ। यद्यपि चिकित्सकले केही दिन विश्राम गर्न सल्लाह दिएका छन्।

प्रचण्डको स्वास्थ्य अवस्थाबारे पार्टीले औपचारिक जानकारी सार्वजनिक नगरे पनि उनी अहिले सुरक्षित र सामान्य अवस्थामा रहेको जनाइएको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *