‘अञ्जिला’ सफलतापछि निर्देशक मिलन चाम्सको नयाँ फिल्म ‘सुम्निमा’को घोषणा, उपासना सिंह ठकुरी मुख्य भूमिकामा

काठमाडौ / हालै सुपरहिट साबित भएको फिल्म ‘अञ्जिला’ को सफलतापछि निर्देशक मिलन चाम्सले नयाँ फिल्म ‘सुम्निमा’ को निर्देशनको घोषणा गरेका छन्। नेपाली र अंग्रेजी दुवै भाषामा निर्माण हुने यो फिल्मको मुख्य भूमिकामा अभिनेत्री उपासना सिंह ठकुरी अनुबन्धित भएकी छन्।

फिल्मको छायांकन आगामी जुलाईदेखि नेपाल र बेलायतमा सुरु हुने तयारीमा छ। पुरुष मुख्य पात्रको कास्टिङ भने हालसम्म टुंगो लागिसकेको छैन। निर्माण पक्षले २० देखि २६ वर्ष उमेर समूहका बेलायतमा बसोबास गर्ने नेपाली युवा कलाकारलाई छनोट गर्ने बताएको छ।

निर्देशक चाम्सका अनुसार फिल्मको कथावस्तु युनिभर्सल प्रकृतिको छ र यसले अन्तर्राष्ट्रिय दर्शकलाई लक्षित गर्नेछ। “कथा युनिभर्सल भएकाले फिल्मलाई विदेशी बजारमा पनि पुर्‍याउने योजना छ,” चाम्सले बताएका छन्।

‘सुम्निमा’ चाम्सको अन्तर्राष्ट्रिय स्तरमा सोचिएको नयाँ प्रयास हो, जसले नेपाली सिनेमाको दायरालाई विस्तार गर्ने अपेक्षा गरिएको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *