सुनवर्षी सस्थित भेडवा चोकमा बस दुर्घटना

सुनबर्सी / सुनबर्सी नगरपालिका–९ स्थित भेडवा चोकमा आज साँझ करिब ४ बजे भएको बस दुर्घटनामा पाँच जना यात्रु सामान्य घाइते भएका छन्। विराटनगरबाट आमबाडी जाँदै गरेको आयुष डिलक्स बस (को १ ख ३५११) विपरीत दिशाबाट आइरहेको सिटी रिक्सालाई जोगाउने क्रममा अनियन्त्रित भई सडकछेउको मदिरा पसलमा ठोक्किएको हो।

दुर्घटनाका क्रममा बसको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने सिसा समेत फुटेको छ। सौभाग्यवश, पसल बन्द अवस्थामा रहेकाले कुनै मानवीय क्षति भएको छैन। तर पसलको अगाडिको संरचना र भित्र रहेका टेबल-कुर्सीहरू पूर्ण रूपमा नष्ट भएका छन्।

घटनापछि इलाका प्रहरी कार्यालय सुनबर्सीले बस र सिटी रिक्सालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *