करेन्ट लागेर एक वृद्धको मृत्यु

विराटनगर/ धनकुटा नगरपालिका–८ शिवबेशी निवासी ६८ वर्षीय मंगल सिंह राईको करेन्ट लागेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार, राई आफ्नै खेतबारीमा धान गोडिरहेका बेला नजिकैको बिजुलीको पोलबाट अचानक तार चुडिएर भुईंमा खस्दा उनी करेन्टमा परेका थिए। घटनास्थलमै उनको ज्यान गएको पुष्टि गरिएको छ।

प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।