विराटनगरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगर। विराटनगरमा शनिबार मध्यराति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ मा दुर्घटना भएको हो।

दुर्घटनामा विराटनगर–६ का अन्दाजी ५५ वर्षीय मोहमद अब्दुल कलामको मृत्यु भएको हो । उक्त वडामा रहेको नेपाल आयल निगम कार्यालयनजिक प्रदेश १–०२–०५० प ९७९६ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार खार्जीबाट कञ्चनबारीतर्फ आउँदै गरेको स्कुटर दुर्घटना भएको थियो। तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *