बाल मानसिकतामा प्रत्यक्ष प्रहार गर्दै विराटनगर सेन्ट्रल मलको भूतघर

बाल मानसिकतामा प्रत्यक्ष प्रहार गर्दै विराटनगर सेन्ट्रल मलको भूतघर

विगत लामो समयदेखि विराटनगर सेन्टर मलस्थित दोस्रो तल्लामा भूतघर सञ्चालनमा आइरहेको छ। तसर्थ, भूत नाम सुन्ने बित्तिकै बालबालिका मात्रै होइन, वयस्कवृद्ध पनि आफैमा डरको भान गर्ने गर्छन्। तर विराटनगर सेन्ट्रल मलस्थित भूतघरले निर्वाद रुपमा सञ्चालनमा ल्याइरहेको छ। बाल मानसिकतालाई मध्यनजर गर्ने हो भने, यस प्रकारका व्यापार व्यवसायी मनोरञ्जनका रूपमा मानिएता पनि, यसले बाल मानसिकतामा निर्मम प्रहार गरिरहेको छ।

फोटो र भिडियो खिच्न प्रतिबन्धित गरिएको छ। भित्र पस्नु अघि १४ वर्ष मुनिका बालबालिकालाई भित्र पस्न बन्देज गरिएको छ। तर यो त हात्तीको देखाउने दाँत र चबाउने दाँत फरक भएको जस्तै भएको छ। भित्र पस्दा डरलाग्दा ध्वनिहरू र कंकालहरू राखिएका छन्। बालबालिकालाई प्रतिबन्धित गरिएता पनि १५० टिकटको लोभमा पूर्णरूपमा बालबालिकालाई भित्र छिराइन्छ। त्यहाँको श्रवण र कङ्कालले बालबालिकालाई पूर्णरूपमा असर पारिरहेको छ। यसो गर्दा, बालबालिकाको संवेगात्मक, मानसिक, र शारीरिक क्षमता वृद्धि हुने सम्भावना कम हुन्छ।

तर प्रतिबन्धित गरिएता पनि, लक्षित भने बालबालिकालाई नै गरिएको छ। ‘हरर हाउस’ नामक यस व्यापारलाई सम्बन्धित निकायले महत्त्वपूर्ण ढङ्गले अनुगमन गर्नु आवश्यक रहेको छ। मनोरञ्जनका नाममा गरिने यस प्रकारका व्यवसायले मानसिक सन्तुलन गुमाउनुको कारण पुग्ला भन्ने आशंका व्यक्त गर्न सकिन्छ। समयमै सम्बन्धित निकायले ध्यान नदिए, ठूलो मात्रामा पछि क्षति पुग्न सक्छ।

साथै, यस प्रकारका व्यवसायले अझ व्यापक असर पुर्याउन सक्छ, विशेषत: ती बालबालिकामा जो मानसिक र भावनात्मक रूपमा अझ कमजोर हुन्छन्। बालबालिकाको मस्तिष्क र भावना अत्यन्त संवेदनशील हुन्छन्, र यस्तो भूतघरजस्ता गतिविधिहरूले उनीहरूको अनावश्यक डर र तनावमा वृद्धि गर्न सक्छ। यसले भविष्यमा विभिन्न मानसिक समस्या, जस्तै डर, अनियन्त्रित चिन्ता, र अवसादको जोखिम बढाउन सक्छ।

सम्बन्धित निकायहरूले यो व्यवसाय सञ्चालन गर्नका लागि कडा मापदण्डहरू निर्धारण गर्नु पर्ने आवश्यकता छ। प्रत्येक बच्चाको मानसिक स्वास्थ्य र सन्तुलनको रक्षा गर्नका लागि, यस्ता स्थानहरूमा अनुगमन गर्न र आवश्यक परेमा प्रतिबन्ध लगाउन अत्यन्त जरुरी छ। केवल व्यापारिक लाभको लागि बालबालिकाको मानसिक स्वास्थ्यको बलिदान गर्नु गलत हो र यसले भविष्यमा समाजमा गम्भीर असर पुर्याउन सक्छ।

निस्सन्देह, यो स्थिति केवल स्थानीय समस्या मात्र नभई, सम्पूर्ण समाजको लागि गम्भीर चिन्ता हो। व्यवसायीक दृष्टिकोणबाट यस्ता मापदण्डको पालन नगर्ने ठाउँहरूमा अनुगमन गर्ने प्रक्रिया कडा बनाउन अनिवार्य छ। यो सुनिश्चित गर्न आवश्यक छ कि मनोरञ्जनका नाममा कुनै पनि प्रकारका गतिविधिहरूले बालबालिकाको मानसिक र शारीरिक स्वास्थ्यमा नकारात्मक प्रभाव नपारोस्।

समयमै सम्बन्धित निकायले ध्यान नदिए, ठूलो मात्रामा पछि क्षति पुग्न सक्छ। अतः, यस्ता व्यापारलाई दिगो र जिम्मेवार तरिकामा सञ्चालन गर्नका लागि प्रभावकारी नियमन र निगरानी अनिवार्य छ।