June 12, 2025
नेपाली बजारमा सुनको भाउ बृद्धि
विराटनगर । नेपाली बजारमा बिहीबार पनि सुनको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला रु. १,९२,९०० पुगेको छ। बुधबार सुन प्रतितोला रु. १,९१,३०० मा कारोबार भएको थियो। बुधबारको तुलनामा बिहीबार सुनको भाउ प्रतितोला रु. १,६०० ले वृद्धि भएको हो।
यसअघि बुधबार पनि सुनको मूल्य प्रतितोला रु. १,३०० ले बढेको थियो।
चाँदीको मूल्य भने बिहीबार घटेको छ। महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला रु. २,१५० मा कारोबार भइरहेको छ। बुधबार यो दर प्रतितोला रु. २,१६५ रहेको थियो। यसरी बिहीबार चाँदीको मूल्य प्रतितोला रु. १५ ले घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३,३७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।