सुनसरीमा मोटरसाइकल दुर्घटनाबाट एक महिलाको मृत्यु

सुनसरी। सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित कोशी लोकमार्गमा मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ।

असार ३ गते दिउँसो साढे ३ बजे प्रदेश १–०२–०५२ प ३५६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा मोटरसाइकलमा सवार ४५ वर्षीया हिरा मेघाको मृत्यु भएको हो।

मोटरसाइकल चालक धनकुटा पाख्रिबास नगरपालिका–४ घर भई हाल इटहरी–१ बसोबास गर्दै आएका ५३ वर्षीय राजेन्द्र श्रेष्ठका श्रीमती मेघा दुर्घटनामा गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि विराटनगरस्थित आर्या न्युरो अस्पताल लगिएको थियो। तर, उपचारको क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

घटनाको कारण र विस्तृत विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Add a Comment