किडजी स्कुल बिराटनगरमा स्पोर्ट्स मिट २०८२ भव्य रूपमा सम्पन्न
बिराटनगर। बरगाछीमा अवस्थित किडजी स्कुलमा मंगलबार स्पोर्ट्स मिट २०८२ भव्य रूपमा सम्पन्न भएको छ। कक्षा १ देखि ५ सम्म सञ्चालन भइरहेको यस विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूको उत्साहपूर्ण सहभागितामा खेलकुद कार्यक्रम आयोजना गरिएको हो।


स्पोर्ट्स मिटअन्तर्गत ५० मिटर दौड, डोरी तान प्रतियोगिता, मार्बल ब्यालेन्स रेस, स्याक रेस, म्याथ रेस, एरेन्जिङ आइटम, फुटबल, क्रिकेट तथा कराँतेतर्फ काता प्रतियोगिता लगायतका विभिन्न खेलहरू समावेश गरिएको थियो। सबै खेलहरूमा विद्यार्थीहरूले सक्रिय र उत्साहजनक सहभागिता जनाएका थिए।



प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विजयी भएका विद्यार्थीहरूलाई मेडल, प्रमाणपत्र तथा ट्रफी प्रदान गरी सम्मान गरिएको थियो। खेलकुद कार्यक्रमले विद्यार्थीहरूमा अनुशासन, सहकार्य र प्रतिस्पर्धात्मक भावनाको विकास गर्न सहयोग पुगेको विद्यालयको भनाइ छ। कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षकहरूको उपस्थिति रहेको थियो।



