विराटनगरमा‘बिरयानी अड्डा’ संचालनमा
विराटनगर।बिरयानी पारखीहरूलाई लक्षित गर्दै राजधानी काठमाडौंपछि विराटनगरको महेन्द्र चोकमा ‘बिरयानी अड्डा’ ले आफ्नो छैटौँ शाखा विस्तार गरेको छ।
उद्योग संगठन मोरङका सदस्य तथा युवा उद्यमी प्रतीक राउतले बिहीबार एक कार्यक्रमबीच ‘बिरयानी अड्डा’ को नयाँ शाखाको उद्घाटन गरे। उद्घाटन कार्यक्रममा बोल्दै उनले विराटनगरवासी र छिमेकी भारतीय बजारका ग्राहकहरूले अब राजधानीमै झैँ स्वादिलो बिरयानी र अन्य परिकारको स्वाद लिन पाउने बताए।
‘बिरयानी अड्डा’ का निर्देशक सविन पाण्डेका अनुसार यो शाखा काठमाडौं उपत्यका बाहिरको पहिलो आउटलेट हो। उनले भने, “हामीले २०७६ सालमा काठमाडौंमा सेवा सुरु गरेका थियौं। उपत्यकामा पाँचवटा शाखा सञ्चालनमा छन्। ग्राहकहरूको मागलाई मध्यनजर गर्दै विराटनगरमा पहिलो शाखा विस्तार गरेका हौं।”
विराटनगरमा ‘बिरयानी अड्डा’ ल्याउने पहल मोनिका निशाले गरेकी हुन्। उद्घाटन अवसरमा ग्राहकहरूका लागि विशेष अफरको व्यवस्था गरिएको छ।
‘बिरयानी अड्डा’ मा विभिन्न स्वादका बिरयानीसँगै पिज्जा, तन्दुरी लगायत परिकारहरू पनि उपलब्ध छन्। साथै यहाँ लाइभ म्युजिकको सुविधा समेत रहेको छ, जसले ग्राहकहरूलाई स्वादसँगै संगीतको मज्जा लिन सक्ने अवसर प्रदान गर्ने बताइएको छ।