कार्यपालिका सदस्यको निधनमा श्रद्धाञ्जलीसभा

विराटनगर । विराटनगर महानगरपालिका कार्यपालिका सदस्य सञ्जीवकुमार साहको स्मृतिमा महानगरले श्रद्धाञ्जलीसभा आयोजना गरेको छ ।

मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलसहित विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य, महानगरका विभिन्न महाशाखा, शाखा प्रमुखका साथै कर्मचारीलगायतको उपस्थितिमा महानगरको हलमा आयोजित सभामा निवङ्गत कार्यपालिका सदस्य साहका विषयमा चर्चा गरिएको थियो ।

मेयर कोइरालाले निवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै महानगरका लागि साहको अभाव सधैं रहिरहने बताउनुभयो । उहाँले कार्यपालिका सदस्य साह अत्यत्यै सरल र जनताको कामप्रति सधैं सक्रिय रहने गरेको भन्दै स्मरण गर्नुभयो । परिवारमा पर्न गएको चोेटप्रति मेयर कोइरालाले समवेदना व्यक्त गर्दै छोराको पठनपाठनमा महानगरले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको थियो । वडा नम्बर १३ का अध्यक्ष सूर्यलाल यादवले पनि साहको विषयमा चर्चा गर्नुभएको थियो । कार्यपालिका सदस्य साहको यही असार १३ गते शुक्रबार हृदयघातका कारण निधन भएको थियो । साह राप्रपाका तर्फबाट २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा विराटनगर वडा नम्बर १३ को सदस्यमा निर्वाचित भएका थिए ।

Add a Comment