July 2, 2025
दैजीमा जीपको ठक्करबाट एकजनाको मृत्यु
विराटनगर । वेदकोट नगरपालिका–३ दैजी बजारमा जीपको ठक्करबाट एकजनाको मृत्यु भएको छ।
मंगलबार राति विपरीत दिशाबाट आएको जीपले मोटरसाइकलमा सवार ४१ वर्षीय दीपक चन्दलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका चन्दको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार ठक्कर दिने जीप र चालकलाई नियन्त्रणमा लिइएको छ।
मृतक चन्द भीमदत्त नगरपालिका–४ गोवरियाका स्थायी बासिन्दा थिए। उनी दैजी बजारमा हार्डवेयर पसल सञ्चालन गर्दै आएका थिए।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।