मोरङमा देवरद्वारा बुहारीको हत्या, अंशबन्डा विवादले लियो ज्यान

विराटनगर ।मोरङको रतुवामाई नगरपालिका–६ मा अंशबन्डा सम्बन्धी पुरानो विवादका कारण एक महिला आफ्नै देवरको हातबाट ज्यान गुमाउन पुगेकी छन्।

हत्या आरोपमा प्रहरीले ६९ वर्षीय टंकबहादुर बस्नेतलाई पक्राउ गरेको छ। उनी मृतक ६० वर्षीया टीकामाया कार्की बस्नेतका देवर हुन्। टीकामाया, टंकबहादुरका दाजु गणेशबहादुर बस्नेतकी पत्नी हुन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असार २१ गते बिहान बारीमा घाँस काट्न गएकी टीकामायाको शव भेटिएको थियो। शव परीक्षणमा घाँटीमा गहिरो चोट लागेको देखिएको छ।

मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडालका अनुसार प्रारम्भिक अनुसन्धानमा दाजुभाइबीच लामो समयदेखि अंशबन्डा सम्बन्धी विवाद चल्दै आएको र सोही विवादका कारण झगडा चर्किएर टंकबहादुरले टीकामायाको हत्या गरेको खुलेको छ।

प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ।

Add a Comment