८६ अंक प्राप्त गर्दै रंगेली अस्पताल बन्यो देशभरमै नमूना र उत्कृष्ट

रंगेली । मोरङको रंगेली अस्पताल देशभरमै उत्कृष्ट र नमूना अस्पताल बन्न सफल भएको छ । न्यूतम सेवा मापदण्डको विभिन्न सूचक अनुसार गरिएको मुल्यांकनमा स्थानीयतह मातहत रहेका देशभरका अस्पतालहरु मध्ये रंगेली नगर अस्पताल नमूना र उत्कृष्ट अस्पताल बन्न सफल भएको हो ।

सुशासन र व्यवस्थापन, क्लिनिकल म्यानेजमेन्ट र हस्पिटल सेवा सर्भिस एमएसएस को सूचक अनुसार भएको मुल्यांकनमा रंगेली अस्पतालले ८६ प्रतिशत अंक प्राप्त गरेको छ ।
स्थानीयतहहरु मातहत रहेका देशभरका अस्पतालहरुमा रंगेली अस्पतालले ८६ प्रतिशत अंक प्राप्त गरेको हो । विभिन्न सूचकको मुल्यांकनका आधारमा अस्पतालले उक्त अंक प्राप्त गरेको कोशी प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. राधिका थपलियाले जानकारी दिइन् । सो मुल्यांकन प्रत्येक ६÷६ महिनामा हुने गरेको छ । ६ महिनापछि रंगेली नगरपालिकाले अस्पताललाई थप सुधार गरेपछि अंक बढाउन सफल भएको हो । अब अझै सुधार हुँदै गएपछि रंगेली अस्पतालले प्राप्त गर्ने अंक बढ्दै जानेछ ।

कार्यक्रममा रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले सवैको प्रयासबाट अस्पताल नमूना र उदाहरणीय बन्न सफल भएको बताए । उनले आफूहरुको व्यवस्थापकीय भूमिका रहेको बताउँदे अझ व्यवस्थित, सुविधा सम्पन्न बनाउन अस्पताल व्यवस्थापन समितिको निरन्तरको प्रयास, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको महत्वपूर्ण भूमिका रहने बताए ।
मेयर बगडीयाले सवैको प्रयासबाट हाल अस्पतालले ८६ अंक प्राप्त गर्न सफल भएको र आगामी मुल्यांकनमा अझ माथि पुग्नेगरी लागि पर्न अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई निर्देशन समेत दिए ।

कार्यक्रममा रंगेली नगरपालिकाकी उपप्रमुख भूमा पराजुलीले जनप्रतिनिधिहरुसहित अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी सवैको प्रयासबाट रंगेली अस्पताललाई नमूना अस्पताल बन्न सफल भएको बताइन् । उनले मुल्यांकनमा दिइएको सुझावका आधारमा अस्पतालमा गर्नुपर्ने सुधारका कामहरु क्रमशः गर्दे जानेसमेत बताइन् ।
कार्यक्रममा कोशी प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. राधिका थपलियाले रंगेली अस्तिालले विकासमा फड्को मारेको बताइन् । उनले स्थानीयतहरु मातहत रहेका अस्पतालहरु मध्ये रंगेली अस्पताल निकै सुविधा सम्पन्न रहेको बताइन् । उनले सो अस्पतालका लागि प्रदेश सरकारबाट हुन सक्ने सहयोगका लागि आफूले पहल गर्नेसमेत प्रतिवद्धता जनाइन् ।

सो अवसरमा रंगेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप साहले रंगेली अस्पताल गुणस्तरी र सुलव स्वास्थ्य सेवाका हिसाबले देशमै १ नम्बर अस्पताल भएको बताए । उनले मुल्यांकन गर्दा दिइएका सुझाव अनुसार अस्पतालको सेवा सुविधा थप विस्तार गर्दे लैजाने बताए ।
कार्यक्रममा रंगेली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बसन्त साहले उक्त सफलता सम्पूर्ण स्वास्थ्यकर्मीको समर्पण, नगरपालिकाको सहयोग र सेवाग्राहीको विश्वासकै कारण सम्भव भएको बताए । उनले अस्पतालको गतिविधिहरु प्रस्तुतीकरण गरेका थिए । रंगेली नगर अस्पताल विकास समितिका अध्यक्ष देवमणी कटुवालले अस्पताल सुधारमा लागि पर्ने सवैलाई धन्यवाद दिए ।

अध्यक्ष कटुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य निर्देशनालय धनकुटाकी अस्पताल नर्सिङ प्रकाशक आस्था थापा, स्रोत व्यक्ति डा. पुजन विश्वकर्मा, डा. वैभव मल्लिक, एमएसएस अफिसर पशुपति खनाल, रंगेली नगरपालिकाका प्रशासन प्रमुख दिपक प्रकाश तिम्सिना, नगर प्रमुखका सल्लाहकार कृष्ण भट्टराई, सचिवालयका करन ठाकुर, अस्पताल विकास समितिका पदाधिकारी, विभिन्न वडाका वडाध्यक्षहरु, अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीलगायतको सहभागीता रहेको थियो ।

Add a Comment