July 22, 2025
कोसी प्रदेशसभा बैठक सरेर साउन ११ गते बस्ने
विराटनगर । कोसी प्रदेशसभाको बैठक सारिएको छ । यसअघि बुधबार (साउन ७ गते) दिउँसो १ बजेका लागि तय गरिएको बैठक अब यही साउन ११ गते दिउँसो १ बजे बस्ने भएको छ ।
प्रदेशसभा सचिवालयका कार्यवाहक सचिव गौतमराज अमात्यले विशेष कारणले बैठकको मिति पर सरेको जानकारी दिएका छन् । उनका अनुसार बैठक साउन ११ गते दिउँसो १ बजेका लागि पुनः निर्धारण गरिएको हो ।
प्रदेशसभा बैठक सरिनुका कारणबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन ।