कोलकातामा आयोजित ९औं कराँते च्याम्पियन्स कपमा विराटनगरका खेलाडीद्वारा २१ पदक हात

विराटनगर । भारतको कोलकातामा सम्पन्न ९औं कराँते च्याम्पियन्स – इन्डिया च्यालेञ्ज कप प्रतियोगितामा विराटनगरस्थित च्याम्पियन्स कराँते एकेडेमीका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै २१ वटा पदक जित्न सफल भएका छन्। तीन दिनसम्म चलेको प्रतियोगितामा एकेडेमीका खेलाडीहरूले ५ स्वर्ण, ६ रजत र १० कास्य पदक प्राप्त गरेका हुन्।

प्रतियोगितामा कुनाल कामतले काता र कुमुते दुवै विधामा २ स्वर्ण जिते भने काइरव लुनियाले काता र कुमुतेमा १ स्वर्ण तथा कुमुतेमा १ कास्य पदक जिते। सम्योग खवासले १ स्वर्ण जित्दा, दर्शना पराजुलीले १ स्वर्ण र १ रजत हात पारिन्। आवास माझी, सवी कामत, नाभ्या शर्मा, परिनिता जैन, बर्निका दासले रजत पदक जिते।

त्यसैगरी, माही भगत, दक्षिता अग्रवाल, प्राञ्जल जैन, बर्निका दास, अमन रोय र परिनिता जैनले कास्य पदक हासिल गरे। कुल १६ खेलाडी सहभागी रहेको एकेडेमीको टोलीको यो अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो सहभागिता हो।

एकेडेमीका संचालक सुरज कामतका अनुसार, “विद्यार्थीहरूको यो पहिलो अन्तर्राष्ट्रिय अनुभवमा निकै उत्साहजनक प्रदर्शन रह्यो। अबको दिनमा झन् मेहनत गर्दै अझ उत्कृष्ट नतिजा ल्याउने लक्ष्य लिएका छौँ।”

प्रतियोगिता भारत, नेपाललगायत विभिन्न देश तथा स्थानहरूबाट ७ हजारभन्दा बढी खेलाडीहरूको सहभागितामा भव्य रूपमा सम्पन्न भएको थियो।