देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

विराटनगर । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सामान्यभन्दा थोरै उत्तरतर्फ सरेको महाशाखाले जानकारी दिएको हो।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। गण्डकी र लुम्बिनी प्रदेश, साथै देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा तराईका केही भागहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

आज राति पनि देशभर साधारण बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा अन्य प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्हarूले बताएका छन्।

महाशाखाले भारी वर्षाको सम्भावना रहेको कोशी, गण्डकी र लुम्बिनी प्रदेशका बासिन्दा तथा सरोकारवाला निकायहरूलाई सतर्कता अपनाउन र पछिल्लो मौसमी जानकारी लिन अनुरोध गरेको छ।

Add a Comment