प्रधानमन्त्री ओलीद्वारा एमएमए च्याम्पियन रवीन्द्र ढाँटलाई बधाई

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा च्याम्पियन बनेका नेपाली मिक्स्ड मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई दिएका छन्।

आइतबार सम्पन्न ऐतिहासिक भिडन्तमा ढाँटले भारतका चोंगरेंग कोरेनलाई पराजित गर्दै बान्टमवेट तौलसमूहको उपाधि जितेका थिए। यो जितसँगै ढाँट म्याट्रिक्स फाइट नाइटको च्याम्पियन बन्ने पहिलो नेपाली खेलाडी बनेका छन्।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत ढाँटलाई बधाई दिँदै लेखेका छन्, “भारतका चोंगरेंग कोरेनलाई हराउँदै रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ। पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई हार्दिक बधाई।”

उनको यो जितले नेपाली खेलकुद जगतमा नयाँ उत्साह थपेको छ भने एमएमएप्रतिको चासो समेत बढाएको छ। रवीन्द्र ढाँटको प्रदर्शनको व्यापक सराहना भइरहेको छ।

Add a Comment