बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टमा नयाँ विद्यार्थीहरुलाई स्वागत

विराटनगर । होटल म्यानेजमेन्ट मात्र पढाइ हुने विराटनगरको एक मात्र शैक्षिक संस्था बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई भव्य कार्यक्रममार्फत स्वागत तथा अभिमुखीकरण गरेको छ।

नयाँ शैक्षिक सत्रका लागि भर्ना भएका ७० जना विद्यार्थीहरुको लागि अभिमुखीकरण कार्यक्रम विराटनगरस्थित रतन होटलमा आयोजना गरिएको थियो। कार्यक्रममा विद्यालय प्रशासन, अभिभावक, विद्यार्थी तथा अन्य अतिथिहरुको उपस्थिति रहेको थियो। सो अवसरमा कक्षा ११ को वार्षिक परीक्षा तथा अन्य विधामा उत्कृष्ठ प्रदर्शन गर्ने विद्यार्थीहरुलाई सम्मान पनि गरिएको थियो।

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी कञ्चन राजवंशी,
पोसाक अनुशासनमा रनिश महा सेट र सलिना दनुवार,
समय अनुशासनमा मोरियन लिम्बु र रमिता राजवंशीलाई दोसल्ला र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

उनीहरुलाई बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टका कार्यक्रम निर्देशक मनोज राजवंशी र सास्तम कलेजका प्रबन्ध निर्देशक महेश्वर सिंहले सम्मान गरेका थिए।


कार्यक्रममा विद्यार्थीहरुले गायन, नृत्य तथा वक्तृत्वकलाजस्ता विभिन्न सांस्कृतिक प्रस्तुति मार्फत आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए।
बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टका अनुसार यो संस्था विराटनगरमा होटल म्यानेजमेन्ट मात्रै अध्यापन हुने एक मात्र स्कुल हो।

Add a Comment