पाँचौं खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन नेपाली टोली श्रीलंकातर्फ प्रस्थान
विराटनगर । पाँचौं खुला अन्तर्राष्ट्रिय वादोरियो कराते प्रतियोगितामा सहभागी हुन ७ सदस्यीय नेपाली टोली आज श्रीलंकाको रत्नापुरा प्रस्थान गरेको छ। उक्त प्रतियोगिता अगष्ट ७ र ८ तारिखमा आयोजना हुँदैछ।
नेपालको तर्फबाट ३ पुरुष र २ महिला गरी कुल ५ खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्।
पुरुषतर्फ:
८० केजी मुनि: पासाङ ग्याल्जेङ थोक्रा
५२ केजी मुनि: निशान घले
४० केजी मुनि: आरोन शेरचन
महिलातर्फ:
६१ केजी मुनि: उर्शला पहरी
५० केजी मुनि: अर्पणा मगर
टोलीको प्रमुख प्रशिक्षकमा नेपाल वादोरियो कराते डो संघका अध्यक्ष हरिशरण केसी रहेका छन् भने अफिसियलका रूपमा राजकुमार कार्की रहेका छन्।
टोलीलाई आज खुमाल्टारमा आयोजित एक विशेष कार्यक्रमबीच पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व मन्त्री शक्ति बस्नेत लगायतले बिदाइ गरेका थिए।
प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।