नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट

विराटनगर ।नेपाली बजारमा मंगलबार (भदौ ३) सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार (भदौ २) सुन प्रतितोला एक लाख ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। यस दिन सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले घटेको हो।

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मंगलबार चाँदी प्रतितोला दुई हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको तुलनामा चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको महासंघले जनाएको छ।

Add a Comment