बर्जु गाउँपालिकाका युवा अभियन्ता पुष्प चौधरीको दुर्घटनामा परी निधन
सुनसरी । सुनसरीका युवा सामाजिक अभियन्ता पुष्प चौधरीको सडक दुर्घटनामा निधन भएको छ। बर्जु गाउँपालिका–६ निवासी चौधरीको बुधबार भएको दुर्घटनामा ज्यान गएको हो।
सुनसरीमा सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहेका चौधरी थारू राजनीतिज्ञहरूसँग नजिक रहँदै आएका थिए। विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रममा उनको उपस्थिती र सक्रियताले उनलाई लोकप्रिय युवा अभियन्ता बनाएको थियो।
थारू अगुवाहरूले चौधरीको निधनले समुदायले एक प्रभावशाली युवा गुमाएको बताएका छन्। माओवादी केन्द्रका सांसद अमनलाल मोदीले चौधरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, “अलविदा पुष्प भाइ। अपत्यारिलो यो दुःखद खबरले थारू समुदायको उदयमान युवा समाजिक अभियन्ता गुमाएको छ। तपाईंप्रति भावपूर्ण श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।”
चौधरीको असामयिक निधनले सुनसरीको सामाजिक तथा राजनीतिक क्षेत्रमा ठूलो क्षति पुगेको थारू समुदायका नेताहरूले बताएका छन्।