विराटनगरमा तिज विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
विराटनगर । नेपाल निजामती कर्मचारी संगठन मोरङ ,राष्ट्रिय सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विराटनगरको आयोजनामा हरितालिका तिज विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशकी राज्य मन्त्री सृजना राई रहनु भएको थियो। त्यस्तै संविधानसभा सदस्य यशोधा अधिकारी, समाजसेवी राधा ढकाल लगायत अन्य कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।
राज्यमन्त्री राईले तिज पर्व गौरव, परम्परा र संस्कृतिसँग सम्बन्धित महत्वपूर्ण पर्व भएकाले यसले समाजमा शुभसन्देश दिने बताउनुभयो। उहाँले हिन्दू धर्मावलम्बीले मात्र मनाउने परम्परागत रुपमा सीमित पर्व अहिले सबै समुदायले मनाउन थालेको र यसले सामाजिक एकता र सद्भावलाई अझ प्रगाढ बनाइरहेको उल्लेख गर्नुभयो। साथै उहाँले राष्ट्रिय सेवक बचत तथा ऋण सहकारी संस्थालाई गौरवमय संस्था भन्दै शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा नृत्य, गायन तथा नाटकका विविध प्रस्तुति गरिएको थियो। यसका साथै तिज विशेष कार्यक्रम भएकोले महिला दिदि बहिनिहरुलाई दर खाने कार्यक्रम पनि गराईयो।