आज देशभर आंशिकदेखि साधारण बदली, केही स्थानमा वर्षाको सम्भावना

विराटनगर । हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित भएको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीको अवस्था रहनेछ। यस अवधिमा कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान र तराईका एक-दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ।

त्यसैगरी, आज राति पनि देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा अन्य प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ।

महाशाखाले वर्षा हुने सम्भावना रहेका क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।