August 23, 2025
झापामा करेन्ट लागेर एक जनाको मृत्यु
विराटनगर । झापाको कनकाई नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । कनकाई नगरपालिका–१, खहरे खोलाका ३७ वर्षीय पंकज माझीले शनिबार (भदौ ७) बिहान करिब ८ः३० बजे बिजुलीको खम्बाबाट करेन्ट लगाई माछा मार्ने क्रममा ज्यान गुमाएका हुन् ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन टोली खटिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख एवं डीएसपी विजय श्रेष्ठले जानकारी दिए ।