August 24, 2025
स्थानीय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि
विराटनगर । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २ हजार ३०० रुपैयाँ र चाँदी तोलामा ४० रुपैयाँले बढेको हो।
सुनको मूल्य तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ पुग्दा चाँदी तोलामा २ हजार ३५० रुपैयाँमा किनबेच भइरहेको छ। यसअघि शुक्रबार सुन तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ र चाँदी तोलामा २ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।
यसैबीच, अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रतिऔँस सुन ३ हजार ३७२ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।