January 1, 2026
बिराटनगरमा ‘दे अत्तर’ पर्फियुम पसलको औपचारिक शुभारम्भ
विराटनगर। बिराटनगरस्थित जलजला चोक, धाढेवाल गल्लीमा नयाँ वर्षको अवसर पारेर ‘दे अत्तर’ नामक पर्फियुम पसल आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।

पसलका सञ्चालक एमडी करमका अनुसार यहाँ अत्तर आफैँ उत्पादन गरी बिक्रीका लागि राखिएको छ। उनले पसलमा हाल १५० भन्दा बढी प्रकारका विभिन्न सुगन्धका अत्तरहरू उपलब्ध रहेको जानकारी दिए।

नयाँ वर्षको पहिलो दिनमै पसल खुलेसँगै किनमेल गर्ने ग्राहकहरूको उल्लेखनीय भीड देखिएको थियो। गुणस्तरीय अत्तर उचित मूल्यमा उपलब्ध गराउने उद्देश्यसहित पसल सञ्चालनमा ल्याइएको सञ्चालक करमले बताए।

स्थानीयस्तरमै उत्पादन गरिएका अत्तरहरूले बजारमा राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।


