August 25, 2025
पोखरामा बस दुर्घटना, २३ जना घाइते
विराटनगर । पोखरा महानगरपालिका–१३ मा सोमबार ग १ ख ४०२७ नम्बरको बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। आर्बाबाट महेन्द्रपुलतर्फ आउँदै गरेको बस ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
घाइते भएकामध्ये १२ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको छ भने १० जनाको उपचार भइरहेको छ। तिनीहरूमध्ये ४ जनाको अवस्था मध्यम रहेको कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।
दुर्घटनापछि पोखरा–१३ का वडाध्यक्ष किरण बरालले तत्कालै आफ्नै गाडी र दुई वटा एम्बुलेन्सको व्यवस्था गरी घाइतेलाई अस्पताल पुर्याएका थिए। स्थानीयहरूले वडाध्यक्ष बरालको तत्परता र सहयोगका कारण ठूलो मानवीय क्षति हुन नपाएको बताएका छन्।