August 25, 2025
स्थानीय बजारमा सुनको मूल्य घट्यो, चाँदीमा सामान्य वृद्धि
विराटनगर । स्थानीय बजारमा सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन प्रतितोला तीन सय रुपैयाँले घटेको हो।
सोमबार सुन प्रतितोला एक लाख ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको छ। आइतबार भने सुनको मूल्य एक लाख ९७ हजार ५०० रुपैयाँ तोकिएको थियो।
यसैबीच, चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ। महासंघका अनुसार सोमबार प्रतितोला २३ सय ५५ रुपैयाँमा कारोबार भएको छ, जुन आइतबारको तुलनामा पाँच रुपैयाँले बढी हो।
अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस ३३ सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।