झापा र मोरङमा ब्राउन सुगरसहित ४ जना पक्राउ

विराटनगर। झापा र मोरङमा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको छ।

हिजो दिउँसो झापाको मेचीनगर नगरपालिका–८, गिरीगाँउमा लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ३२ वर्षीय अजय मेचे र भारत पश्चिम बंगाल दार्जिलिङ जिल्ला उत्तरा रथखोला नक्सलबारी बस्ने ३० वर्षीय टान्टु भनिने कनकन राहलाई १०० ग्राम १०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।

यस्तै, हिजो बेलुकी मोरङको उर्लाबारी नगरपालिका–७, पारिजात टोलमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले सोही स्थानका ४२ वर्षीय लालबहादुर लिम्बु र ३२ वर्षीय पदमबहादुर अधिकारीलाई ६९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका चारैजनामाथि सम्बन्धित प्रहरी कार्यालयमार्फत थप अनुसन्धान भइरहेको छ।

Add a Comment