September 3, 2025
धनुषामा करेन्ट लागेर कामदारको मृत्यु
विराटनगर । धनुषाको मिथिला नगरपालिका–१० लालगढमा करेन्ट लागेर एक जना कामदारको मृत्यु भएको छ।
स्थानीय जानुका कार्कीको निर्माणाधीन घरमा वाइरिङको काम गरिरहेका ४० वर्षीय राजकुमार श्रेष्ठलाई मंगलबार साँझ करेन्ट लागेको थियो। करेन्ट लाग्ने बित्तिकै उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। यस घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाइरहेको छ।