September 18, 2025
च्जेयाम्पियन्स कराँते एकेडमीद्वरा जेन्जी आन्दोलनका सहिदलाई श्रद्धाञ्जली
विराटनगर। जेन्जी आन्दोलनका क्रममा सहिद भएका युवा तथा सुरक्षाकर्मीप्रति विराटनगरस्थित च्याम्पियन्स कतारे एकेडमीले श्रद्धाञ्जली अर्पण गरेको छ।
बुधबार साँझ एकेडमीमा आयोजित कार्यक्रममा खेलाडी विद्यार्थीहरूले दीप प्रज्वलन (ममबत्ती बालेर) गर्दै सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। कार्यक्रममा कोच, खेलाडी विद्यार्थी तथा उपस्थित अभिभावकहरूले सहिद युवाहरूको आत्माको शान्तिको कामना गरेका थिए।
कार्यक्रमले सहिदहरूले देखाएको साहस र बलिदानलाई सम्झँदै आगामी पुस्तालाई जिम्मेवार र अनुशासित नागरिक बन्न प्रेरणा दिने संदेश दिएको आयोजकहरूले बताएका छन्।