ओलीको बालकोटस्थित जलेको घर अवलोकन गर्न पुगिन् पत्नी राधिका शाक्य

विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले जेन–जी आन्दोलनका क्रममा जलेको बालकोटस्थित घर शनिबार अवलोकन गरेकी छन्।

आन्दोलनपछि १२ दिनपछि बालकोट पुगेकी राधिकाले जलेर खण्डहर बनेको घर हेर्दा भक्कानिएकी थिइन्। प्रेस चौतारीका पूर्व अध्यक्ष गणेश बस्नेतका अनुसार उनले घरभन्दा इतिहासको धरोहर नै नष्ट भएको भन्दै दुःख प्रकट गरिन्।

भदौ २३ गतेको जेन–जी आन्दोलन हिंसात्मक बनेपछि २४ गते प्रदर्शनकारीहरूले देशभर नेताका घर, सरकारी संरचना र व्यवसायिक प्रतिष्ठानमा आगजनी गरेका थिए। सो क्रममा तत्कालीन प्रधानमन्त्री समेत रहेका ओलीको बालकोटस्थित घर पनि जलेको थियो।

राधिकाले सो घर आफैंले बनाएको भन्दै बारम्बार दाबी गर्दै आएकी थिइन्। घर जलेपछि ओली दम्पत्ति हाल भक्तपुरको गुण्डुस्थित डेरामा बसिरहेको बताइएको छ।

Add a Comment